भोजपुर जिल्ला सदरमुकामबाट पूर्व दिशामा ११ कोस (५२ किमीको सडक दुरी) दुरीमा अवस्थित ऐतिहासिक एवम शैक्षिक पृष्ठभूमि बोकेको अरुण गाउँपालिका वडा नं. ५ मा अवस्थित यस श्री विश्वप्रेमी माध्यमिक विद्यालयले आफ्नो स्थापना कालदेखि विभिन्न आरोह अवरोह पार गर्दै समयको माग बमोजिमका विभिन्न कार्यक्रमहरुका साथ भोजपुर जिल्लाको शैक्षिक जगतमा आफ्नो छुट्टै पहिचान कायम गर्न सफल भएको छ । ।
स्थानीय शिक्षाप्रेमीहरुको अग्रसरतामा तत्कालीन राणा शासनकालमा नै वि.सं. २००५ सालमा विश्वप्रेमी मिडिल स्कूलको नामबाट आफ्नो शैक्षिक यात्रा शुरु गरेको यस विद्यालयले २०२२ सालमा माध्यमिक तह, २०६८ सालमा उच्च माध्यमिक तह तथा २०७० सालदेखि नेपाल सरकारको नीति बमोजिम प्राविधिक शिक्षा धार अन्तर्गत प्रत्येक जिल्लामा एउटा प्राविधिक विद्यालय स्थापना गर्ने कार्यक्रम अन्तरगत भोजपुर जिल्लाकै एकमात्र प्राविधिक विद्यालयको रुपमा कक्षा ९-१२ मा कम्प्युटर इन्जिनियरिङ विषयको पठनपाठन गरी मध्यम स्तरीय जनशक्ति उत्पादन गर्दै आइरहेको छ ।
कम्प्युटर इन्जिनियरिङ्ग अध्यापन हुने अग्रणि विद्यालय
अनुभवी शिक्षक तथा प्रशिक्षकहरु
प्रविधियुक्त तथा बालमैत्रि सिकाई
आधुनिक तथा गुणस्तरीय प्रयोगशाला
Our team of educators provides guidance and support, creating a positive learning environment that helps all students succeed.
Expert tuition and coaching, offering flexible, interactive learning experiences tailored to individual needs.
Our labs are fully equipped with modern tools and equipment, giving students a practical environment to learn and experiment.
A diverse collection of books providing extensive knowledge and resources for all students.